जगत् हिताय

सन् २०११मा आफ्नो भौतिक शरीर त्यागे पछि पनि प्रेमवश, भगवान श्री सत्य साई बाबा आफ्नो भक्तहरूलाई र खाँचो परेकाहरूलाई मद्दत गर्न र आफ्नो ” आत्मानो मोक्षार्थम् जगत् हिताय च” को अभियानलाई तेस्रो साई अवतार – प्रेम साई बाबाको रूपमा निरन्तरता दिन सूक्ष्म स्वरूपमै विभिन्न विशाल अभियानहरूमा लागिरहनुभएको छ। उहाँकै शब्दमा भन्नु पर्दा, यो तीनै लोकमा उहाँलाई गर्नुपर्ने भन्ने कुनै कर्मको बाध्यता छैन तर उहाँ एक पल पनि केही नगरी बस्नुहुन्न – चाहे त्यो भौतिक देहमा हुँदा होस् वा सूक्ष्म स्वरूपमा – साई बाबाको लागि कहिले, कुनै पनि छुट्टी छैन !

यहाँ त्यस्तै केही महत्त्वपूर्ण कार्यक्रम तथा अभियानहरू उल्लेख गरिएको छ। स्वामीले आफ्नै शब्दमा भन्नुभए जस्तै – जसरी जमीनको ओसिलोपन पानी परेको संकेत हो, त्यसरी नै नि:स्वार्थ रूपमा प्रेमपूर्वक गरिएका यी विशाल अभियानहरू उहाँकै दिव्य हस्तक्षेपको संकेत हो ।

स्वास्थ्य सेवा (Health Care)

भारतमा वार्षिक लगभग २,५०,००० जना शिशुहरू जन्मजात हृदय रोग लिएर जन्मन्छन् । दुर्भाग्यवश, यो दु:ख गरीब परिवारकै शिशुहरूलाई हुनेगर्दछ, पोषण लगायत अरु विभिन्न कारणहरूले गर्दा। बाल हृदय रोग उपचार तथा…

अन्नपुर्ण (पोषण) कार्यक्रम

भोकै पेटले घन्टौं हिंडेर विद्यालय पुग्ने लाखौँ साना साना विद्यार्थीहरूको मर्म बुझेर स्वामीबाट अन्नपुर्ण कार्यक्रमको शुरुवात भयो जसमा ग्रामिण क्षेत्रका बालबालिकाहरूलाई विद्यालयमै ताजा र पोशिला खाजाहरू बिहान कक्षा सुरु हुनुभन्दा…

शिक्षा (Educare)

कर्नाटक राज्यको आठ जिल्लाहरूमा हाल १४ वटा क्याम्पसहरू छन् । ती मध्ये १०  वटा छात्रहरूको लागि र ४ छात्राहरूको लागि छन् । यी क्याम्पसहरूमा १५०० छात्राहरू सहित ५००० भन्दा बढी…